प्रचण्डको बुहारीको सम्पत्ति कति ?

काठमाडौं । खानेपानी मन्त्री बीना मगरको सम्पत्ति विवरण सार्वजनिक भएको छ । पूर्वप्रधानमन्त्री तथा  नेकपाका अध्यक्ष प्रचण्डकी बुहारीसमेत रहेकी बीनाले सासु आमा सीता दाहाल र स्वर्गीय श्रीमान प्रकाश दाहालको नाममा सम्पत्ति देखाएकी छन् । 

उनले सार्वजनिक गरेको सम्पत्ति विवरणमा घर नभएको उल्लेख गरिएको छ । तर, चितवनको भरतपुर महानगरपालिकाको वडा नम्बर १४ मा  प्रकाश दाहालको नाममा २ कठ्ठा जमिन भएको उल्लेख गरिएको छ ।  यस्तै सीता दाहालको नाममा भारतपुर  महानगरपालिका वडा नम्बर १२ मा १ कठ्ठा जमिन रहेको उल्लेख गरिएको छ । 

यस्तै ५ तोला सुन र १६ तोला चाँदी  पैतृक सम्पत्ति  रहेको उल्लेख गरिएको छ । यसबाहेक बैंक खाता रहेपनि  कुनै रकम जम्मा नभएको, सवारी साधनमा प्रकाश दाहालको स्कुटर रहेको उल्लेख गरिएको छ भने कुनै बैंक तथा वित्तीय संस्थामा  शेयर नभएको पनि सम्पत्ति विवरणमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?