१८ सय ३७ मतसहित एमाले अध्यक्षमा ओली निर्वाचित

लोकपथ
7.5k
Shares

काठमाडौं । नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली भारी मतान्तरले निर्वाचित भएका छन् ।

केही बेरअघि सम्पन्न मतगणनाअनुसार ओलीले १ हजार ८ सय ३७ मत ल्याएर दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । भने उनका प्रतिस्पर्धी डा. भीम रावलले २ सय २३ मत ल्याएका छन् । भने ३३ जनाले ‘नो भोटिङ’मा मतदान गरेका थिए ।

मंसिर १० गतेबाट चितवनको सौराहामा एमालेको १०औँ राष्ट्रिय महाधिवेशन सुरु भएको थियो । सुरुमा सर्वसहमतिका आधारमा कमिटी गठन गर्ने तयारी गरिएको थियो । तर पदीय भागबन्डा नमिल्दा निर्वाचनमार्फत नेतृत्व चयनको प्रक्रिया सुरु गरिएको हो ।

आज बिहान ४ बजेबाट मतदान सुरु भएको थियो । देशभरबाट एमाले महाधिवेशनका लागि २ हजार १ सय ५३ जना प्रतिनिधिहरु छनोट भएका थिए । भने तीमध्ये २ हजार ९६ जना मात्रै मतदानमा सहभागी भएका थिए । ५७ जना मतदानमा सहभागी रहेका थिएनन् ।

यो ओलीको दोस्रो कार्यकाल हो । २०७१ सालमा सम्पन्न एमालेको ९औँ महाधिवेशनबाट ओली अध्यक्षमा निर्वाचित भएका थिए ।

नवनिर्वाचित अध्यक्ष ओलीले आगामी ४ वर्ष एमालेको नेतृत्व गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?