काठमाडौं । नेकपा एमालेको १०औँ महाधिवेशनअन्तर्गत मंगलबार सम्पन्न निर्वाचनको मत गणना जारी रहेको छ ।
सो क्रममा अध्यक्ष पदका उम्मेदवार केपी शर्मा ओलीले १०४६ मत प्राप्त गर्दा अर्का उम्मेदवार डा. भीम रावलले भने १२२ मत मात्रै प्राप्त गरेका छन् । बिहान ४ बजेबाट सुरु भएको मतदान ११ बजे सकिएको थियो । करिब १ बजेतिरबाट गणना सुरु गरिएको थियो ।
एमालेको १०औँ राष्ट्रिय महाधिवेशनका लागि २ हजार १ सय ५३ जना प्रतिनिधि रहेका थिए । तीमध्ये २ हजार ९६ जनाले मात्र मतदान गरेका थिए । अबको करिब एक घण्टामा मत परिणाम सार्वजनिक हुनेछ । भने चिवार्चित पदाधिकारी तथा सदस्यहरुको आज चितवनमा नै शपथग्रहणको तयारी भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया