काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले सोमबार नीति तथा कार्यक्रम प्रस्तुत गर्दा राष्ट्रपति विद्यादेवी भण्डारीले सभामुख ओनसारी घर्तिमगरलाई आदरार्थी शब्द प्रयोग नगरेकोमा आपत्ती जनाएका छन् ।
बुधबारको संसद बैठकको सुरुमै बोल्दै सभापति देउवाले भने ‘राष्ट्रपति ज्यूले नभने पनि म सभामुखलाई सम्माननीय सभामुख भन्न चाहान्छु ।,’
सोमबार ल्याइएको नीति तथा कार्यक्रमले समग्र नेपाली जनताको भावना विपरित भएको आरोप लागाए । उनले भने, ‘सरकारले आफू राष्ट्रवादी बन्न खोजेको देखियो, सबै नेपाली जनता राष्ट्रवादी हुन्, यसका लागि दस्तावेज पल्टाइरहनु पर्दैन ।’
सरकारले सोमबार प्रस्तुत गरेको नीति तथा कार्यक्रमको छलफलमा उपस्थित भएका देउवादे राष्ट्रपतिको आलोचना गरेका हुन् ।
त्यस्तै कांग्रेस सांसद मिनेन्द्र रिजालले पनि सरकारको नीति तथा कार्यक्रमप्रथि असन्तुष्टि देखाउँदै टिकाटिप्पणी गरेका छन् । उनले टिप्पणी गर्दै नीति तथा कार्यक्रमलाई प्राथमिकता विहीन दस्तावेजको संज्ञा दिएका छन् ।
उनले ५ वर्षमा कृषि क्षेत्रको उत्पादन दोव्वर पार्ने कुरा स्पष्ट नभएको भन्दै कृषिका लागि सिञ्चाई महत्वपूर्ण भएपनि त्यसबारे कुनै कार्यक्रम नभएको बताए ।
त्यस्तै नीति तथा कार्यक्रमलाई ‘१ वर्षे योजना हो कि ५ वर्षे योजना ? भनेर प्रश्न गरे । संसदमा पेश गरेको दस्तावेजलाई गम्भीरतापूर्वक लिन सांसदहरुलाई आग्रह गर्दै उनले प्राथमिकताविहीन दस्तावेजमात्र भएको टिप्पणी गरे ।
त्यस्तै बैठकमा सत्तापक्षकी सांसद ओनसरी घर्तीले आफ्नो धारणा राख्दै भने, नीति तथा कार्यक्रममा समेटिएका कार्यक्रम निकै सकारात्मक रहेकाले तिनलाई कार्यन्वयनमा लैजानुपर्ने बताइन् ।
सरकारको नीति तथा कार्यक्रममाथि टिप्पणी
– ओनसरी घर्ती
– सम्माननीय सभामुखज्यू । सरकारको नीति तथा कार्यक्रमाथि आफ्नो धारणा राख्ने अवसर दिनुभएकोमा धन्यवाद ।
– गणतन्त्र प्राप्तीको अभियानमा ज्यान गुमाउनुहुने सम्पूर्ण सहिदहरु प्रति श्रदाञ्जली तथा घाइते, अपाङ्ग र वेपत्ता योद्धाहरुप्रति सम्मान व्यक्त गर्दछु ।
– नेपालको राजनीतिक ईतिहाँसमा झण्डै दुई तिहाई बहुमतको नेपाल कम्युनिष्ट पार्टीले पहिलो पटक नीति तथा कार्यक्रम ल्याउने अवसर पाएको छ । विश्व कम्युनिष्ट आन्दोलनमा नयाँ प्रयोगका साथ नेपालमा शक्तिशाली बनेको यो सरकारले अघि सारेका नीति तथा कार्यक्रममाथि टिप्पणी गर्नु आफैंमा गंभिर महत्वको विषय हो ।
– सर्वप्रथम यो नीति तथा कार्यक्रम प्रति आफ्नो समर्थन जनाउदै अझ प्रभावकारी कार्यक्रमहरु समयवद्ध तालिका सहित बजेट मार्फत आउने अपेक्षा गरेको छु ।
– सम्माननीय राष्ट्रपतिज्यूले गत सोमबार प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम नेपालको संविधानले परिकल्पना गरेको समाजवाद उन्मुख नै आएका छन् भन्ने मेरो बुझाई छ ।
– संविधानको प्रस्तावनामा ‘लोकतान्त्रिक मुल्य र मान्यतामा आधारित समाजवाद प्रति प्रतिवद्ध रही समृद्ध राष्ट्र निर्माण गर्ने’ कुरा उल्लेख गरिएको छ ।
– संविधानको यही मार्गदर्शन अनुसार चुनाव अघि वाम गठवन्धन बनाएर हामी जनताका बीचमा २५ बुंदे संयुक्त घोषणा पत्रसहित समाजवादका सपना लिएर मत माग्न गएका थियौं । हाम्रो आग्रहलाई सम्मान गर्दै जनताबाट झण्डै दुई तिहाई मत नेपाल कम्युनिष्ट पार्टीलाइ प्राप्त भयो ।
– त्यो जनमतलाई आज हामीले नीति तथा कार्यक्रम मार्फत सम्बोधन गर्नुपर्ने विन्दुमा आईपुगेका छौं ।
– नीति तथा कार्यक्रमको ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने दिर्घकालिन उदेश्यले नै यसको गहिराई प्रष्ट पार्दछ ।
– आगामी आर्थिक वर्षमा दोहोरो अंक नजिक र ५ वर्षभित्र दोहोरो अंकको आर्थिक बृद्धिदर हाँसिल गर्ने, नेपालीको प्रतिव्यक्ती आय ५ वर्षमा दोब्बर बनाउने, दिगो विकासको लक्ष्य निर्धारित समय भन्दा अघिनै हाँसिल गर्ने जस्ता कुराले सरकार सही बाटोमा हिड्न खोजेको छ भन्ने कुरा प्रष्ट पार्दछ ।
– आर्थिक समृद्धिको मेरुदण्ड मानिएको जलश्रोतको अधिकत्तम उपयोग गरि १० वर्षभित्र १५ हजार मेगावाट बिद्युत उत्पादन गर्ने कुरा होस् वा कृषी, वन तथा खानीजन्य उद्योगलाई प्रोत्साहन गर्ने कुराले सरकारको प्राथामिकता स्पस्ट गरेको छ ।
– मेची महाकाली, काठमाडौं विरगंज, रसुवागढी–काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्ग निमार्ण गर्ने जस्ता कुराले जनताको विकासको आकाँक्षा सम्बोधन गरेको छ ।
– अबको ५ वर्षमा नेपाली युवा रोजगारीका लागि विदेश जानु नपर्ने कुराले युवाहरुमा आशा जगाएकोे छ । सवै प्रकारका सिण्डीकेट, कार्टेलिङ, र मिलेमतोलाई अन्त्य गरी आम जनताको जनजिवन सहज बनाउन पनि नीति तथा कार्यक्रमले मार्गदर्शन गरेको छ ।
– यी लगायतका राम्रा नीतिहरुलाई सकारात्मक रुपमा लिदै व्यवहारिक कार्यान्वयन गराउन बजेट अझ प्रष्ट र समयबद्ध तालिका सहित आउने कुराको अपेक्षा मैले गरेको छु ।
सम्माननीय सभामुख महोदय ।
– यो सरकार विगतको जस्तो विभिन्न राजनीतिक शक्ति मिलेर बनेको, सम्झौता र समन्वयनको टेकोमा अडिएको सरकार होईन । यो संसद राजनीतिक अस्थिरताले गाँजिएको पाईला पाईलामा सम्झौता गर्दै जानुपर्ने त्रिशंकु संसद पनि होईन ।
– सरकारलाई जनताको स्पष्ट जनादेश रहेको छ । जनतासँग गरेका गरिवी निवारण, जातीय, क्षेत्रीय, लिङ्गीय, भौगोलिक तथा सवै प्रकारका विभेद् र असमानताहरु अन्त्य गर्ने ऐतिहाँसिक अवसर पनि छ ।
– संविधानले दिशानिर्देश गरे अनुसार समाजवादतर्फको बाटोमा हिड्ने आधार तयार पर्नै पर्ने जिम्मेवारी सरकारका सामु छ ।
– संघीयता कार्यान्वयन गर्ने, समानुपातिक समावेशीता, राज्यका हरेक निकायमा महिलाहरुको ससक्त उपस्थिती र क्षमता अभिबृद्धी, बैज्ञानिक र क्रान्तिकारी भूमि सुधार, रोजगारीको सृजना गर्ने सरकारको दायित्व पनि छ ।
– शान्ति प्रकृयाका गहन जिम्मेवारीहरु अझै पुरा भईसकेका छैनन् । विगतका द्धन्दका घाउहरु निको बनाउदै फेरी द्धन्द नहोस भन्ने अवस्था सृजना गर्न हाम्रो नीति तथा कार्यक्रम प्रष्ट हुन जरुरी छ ।
– देशको भूराजनीतिक अवस्थितीलाई हाम्रो कमजोरी होईन अवसरका रुपमा कसरी लिन सकिन्छ ? विश्व अर्थतन्त्रको प्रमुख बन्ने होडमा रहेको चीन र विश्व राजनीतिक रंगमचमा आफुलाई शक्तिशाली बनाउदै लगेको छिमेकी भारतको बीचमा नेपाल हुनु यो हाम्रो अवसर पनि हो ।
– त्रिदेशीय साझेदारी र छिमेकी चीनको ‘ड्रिम पोजेक्ट’ का रुपमा रहेको ‘वान बेल्ट वान रोड’बाट नेपालले कसरी फाईदा लिने हो ?
– दुवै छिमेकबाट आउने रेल र पानी जहाज मार्फत हामीले के र कसरी फाईदा लिने हो ? हामी अझ प्रष्ट हुनु जरुरी छ ।
– देश र जनताप्रतिको यो गहन जिम्मेवारी पुरा गर्ने बाटोमा नीति तथा कार्यक्रमले सकारात्मक संकेतहरु गरेका छन् ।
– अब आउने बजेट मार्फत कतिपय अपूर्णताहरुलाई सम्बोधन गर्दै सरकारले अघि सारेको ‘समृद्ध नेपाल सुखी नेपाली’को आकाँक्षालाई स्पष्ट दिशानिर्देश गर्ने जिम्मेवारीलाई पूरा गर्ने छ, भन्ने विश्वासका साथ समयका लागि सम्माननीय सभामुखज्यूलाई धन्यवाद दिदै विदा हुन्छु ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया