निर्वाचित पदाधिकारीहरुको शपथग्रहण चितवनमै हुने

लोकपथ
208
Shares

काठमाडौं । नेकपा एमालेले १०औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्यहरुको शपथग्रहण चितवनमै हुने भएको छ । निर्वाचनको मतपरिणाम सम्पन्न भएपश्चात निर्वाचित पदाधिकारी र सदस्यहरुको सपथग्रहण गरिने एमालेका नेता विष्णु रिजालले जानकारी दिए ।

रिजालले भने, ‘नेकपा (एमाले)को नवनिर्वाचित केन्द्रीय कमिटीको शपथग्रहण र पहिलो बैठक महाधिवेशनस्थल सौराहामै हुने तय भएको छ ।’

शपथग्रहण कार्यक्रम मंगलबार २ बजेलाई गर्ने तयारी थियो । तर मत परिणाम आइनसकेका कारण केही ढिलाइ हुने उनले जानकारी दिए ।

अहिले मतगणना भइरहेको छ । हालसम्म केपी ओलीको अग्रता रहेको छ । कुल २ हजार १ सय ५३ प्रतिनिधि रहेकोमा ५७ जनाले भने मतदान गरेनन् ।

विद्युतीय माध्यमबाट मतदान भएकाले छिटै मतपरिणाम आउने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?