एमाले मत परिणाम अपडेट : ओली ६७४, रावल ७४

लोकपथ
10.2k
Shares

काठमाडौं । नेकपा एमालेको १०औँ महाधिवेशन अन्तर्गत मंगलबार सम्पन्न निर्वाचनको मत गणना जारी रहेको छ ।

सो क्रममा अध्यक्ष पदका उम्मेदवार केपी शर्मा ओलीले ६७४ मत प्राप्त गर्दा अर्का उम्मेदवार डा. भीम रावलले भने ७४ मत मात्रै प्राप्त गरेका छन् । बिहान ४ बजेबाट सुरु भएको मतदान ११ बजे सकिएको थियो । करिब १ बजेतिरबाट गणना सुरु गरिएको थियो ।

एमालेको १०औँ राष्ट्रिय महाधिवेशनका लागि २ हजार १ सय ५३ जना प्रतिनिधि रहेका थिए । ती मध्ये २ हजार ९६ जनाले मात्र मतदान गरेका थिए । अबको करिब एक घण्टामा मत परिणाम सार्वजनिक हुनेछ छ । भने चिवार्चित पदाधिकारी तथा सदस्यहरुको आज नै चितवनमा नै सपथ ग्रहणको तयारी भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?