काठमाडौं । राजधानीको हात्तीसारस्थित अलिसान नाम गरेको रेष्टुरेष्टमा अश्लील कार्य हुने गरेको पाइएको छ ।
रात्रिकाली मनोरन्जन गर्न रेष्टुरेष्टमा पुगेका ग्राहकहरुलाई अश्लील कार्यमा संलग्न गराउने उद्धेश्य हनुरुप पैसाको ‘वार्गेनिङ’ गरिरहेको अवस्थामा रेष्टुरेष्टका तीनजना कर्मचारी पक्राउ परेका छन् ।
महानगरीय प्रहरी वृत्त दरवारमार्गले अलिसान रेष्टुरेण्टमा अश्लील कार्य गराउन खोज्ने प्रकाश गिरी, विकास बस्नेत र विजय बस्नेतलाई पक्राउ गरिएको जानकारी दिएको छ ।
पक्राउ परेका तीनै जना रेष्टुरेण्टका कर्मचारी हुन । वृत्तका प्रमुख प्रहरी उपरीक्षक दावबहादुर मल्लले आफ्नो क्षेत्रमा पर्ने कतिपय डान्स, डिस्को र बारहरु बदमासी कामका लागि अखडा बन्दै गएको गुनासो गरे ।
उहाँले सर्वसाधारणलाई विभिन्न प्रलोभनमा पारी झुक्याएर रेष्टुरेण्टमा पु¥याइ ठगी गर्ने १२ वटा रेष्टुरेण्टलाई कारवाही गरिएको जानकारी पनि मल्ले दिएका हुन ।
दरवारमार्गक्षेत्रका डान्स रेष्टुरेण्टहरुले अश्लील क्रियाकलापको लोभ देखाइ भारतीय ग्राहकलाई नराम्रोसंग लुट्ने गरेको थप जानकारी मल्लले दिएका हुन ।
अश्लील क्रियाकलापको लोभ देखाइ यी १२ वटा डान्स, क्लव र डिस्को रेष्टुरेण्टहरुले सर्वसाधारणलाई ठगी गर्नका साथै ‘ओभर विलिङ गर्ने’, रेष्टुरेण्टभित्र अपहरण शैलीमा बन्दी बनाएर निर्घात रुपमा कुटपिट गर्ने , सुनको सिक्री, औठी, पर्स र घडी समेत लुट्ने गरेका छन् ।
ती रेष्टुरेण्टहरुले ५० जना भारतीय नागरिकलाई ठगी गरेको प्रहरीको तथ्याङ्कले देखाएको छ ।
यसरी लुट्ने रेष्टुरेण्टहरुको नामावली यस प्रकार रहेको छ–
१.न्यू फोकस डान्स बार–दरवारमार्ग
२. किङ शो डान्स वार–महेन्द्रसालिक अगाडि
३. आइ क्लव–अन्नपूर्ण लाइन
४. नाइट क्वीन–उत्तरढोका
५. जेढिएस डान्स वार–दरवारमार्ग
६. नाइटमहल रेष्टुरेण्ट–दरवारमार्ग
७. आलिसान–हात्तीसार
८. उडल्याण्ड डिस्को–महेन्द्र सालिक अगाडि
९.गेमजोन हाउस–ज्याठा
प्रहरीले नाइट क्वीन, जेडिएस र नाइट महल रेष्टुरेण्टमा बारम्वार छापामारी सञ्चालक तथा कर्मचारी युवती र युवकलाई पक्राउ गरी मुद्धा चलाइसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया