आगामी निर्वाचनमा बहुमत ल्याएर न्यायालयका विकृति अन्त्य गर्छौँ : शेरबहादुर तामाङ

लोकपथ
63
Shares

काठमाडौं । नेकपा एमालेका केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले आफ्नो पार्टीले आगामी निर्वाचनमा बहुमत ल्याएर न्यायालयमा देखिएका सबै खालको विकृति अन्त्य गर्ने बताएका छन् ।

मंगलबार चितवनको सौराहमा सञ्चारकर्मीसँग कुरा गर्दै कार्यालय सचिव तामाङले आगामी निर्वाचनमा बहुमत ल्याएर न्याय क्षेत्रमा देखिएको समस्या समाधान गर्नका लागि पार्टीको १०औं महाधिवेशनले अध्यक्ष केपी शर्मा ओलीकै नेतृत्वमा केन्द्रिय कार्य समिति चयन गर्नु परेको बताए ।

उनले न्याय क्षेत्रको अप्ठ्यारो हटाउनका लागि आगामी निर्वाचनमा दुई तिहाई मत दिएर विजयी गराउन आम जनतालाई आफूहरुले आग्रह गरिएको समेत बताए ।

कार्यालय सचिव तामाङले भने, ‘केही महिना भित्र हामी निर्वाचनमा जाँदैछौं । हामीलाई विश्वास छ–केपी ओलीको अगुवाईमा हामी निर्वाचनमा जितेर बहुमतसहित र बहुमत मात्रै होइन, अझ हामी दुई तिहाइ मागिरहेका छौं । किनभने न्यायालयमा देखिएको आजको बबण्डर, आजको जुन त्यो अप्ठ्यारो स्थिति छ । त्यसलाई अन्त्य गर्न एकचोटी नेकपा एमालेले दुई तिहाइ लिएर न्यायालयभित्र देखिएका सबै खालका विसंगतीहरुलाई अन्त्य गर्नेगरी हामी अगाडि बढछौं । त्यो भएको हुनाले हामी त्यो दुई तिहाईसहित सरकारमा फर्कने गरी त्यसको अगुवाई केपी ओलीले गर्नु हुन्छ र हामी सबैको त्यो विश्वास भएकाले महाधिवेशनले पनि उहाँलाई त्यो अधिकार दिएको हो । उहाँले प्रस्तुत गर्नुभएको नाम सर्वसम्मत छ । योग्यताभन्दा पनि योग्यतम छ ।’

कार्यालय सचिव तामाङले अध्यक्ष केपी ओलीले पार्टीको केन्द्रीय कमिटीका लागि प्रस्तुत गर्नु भएको नामावली योग्य रहेको दाबी समेत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?