सौराहामा मतगणना सुरु, प्रारम्भमा ओलीकाे २८६ र रावलको ३३ मत

लोकपथ
130
Shares

काठमाडौं । नेकपा एमालेको १०औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको मतगणना सुरु भएको छ । चितवनको सौराहास्थित होटल सेभेन स्टारमा भएको मतदानमा कुल २ हजार ९६ मत झरेको थियो ।

कुल २ हजार १ सय ५३ प्रतिनिधि रहेकोमा ५७ जनाले भने मतदान गरेनन् । प्रारम्भमा अध्यक्ष पदका उम्मेदवार केपी शर्मा ओलीले २८६ मत ल्याउँदा उनका प्रतिस्पर्धी डा. भीम रावलले भने ३३ मत प्राप्त गरेका छन् ।

विद्युतीय माध्यमबाट मतदान भएकाले छिट्टै मतपरिणाम आउने बताइएको छ । मंगलबार बिहानबाट मतदान सुरु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?