एमाले अध्यक्षमा विजयी नभएमा के गर्छन् भीम रावल ? यस्तो छ उनको प्रतिक्रिया

लोकपथ
4.9k
Shares

काठमाडौं । नेकपा एमालेका निवर्तमान उपाध्यक्ष भीम रावलले आफू अध्यक्षमा निर्वाचित नभए पार्टीको कुनै पनि कमिटीमा बस्ने घोषणा गरेका छन् ।

अध्यक्ष पदमा उम्मेदवारी दिएका रावलले आफू त्यो पदमा विजयी नभए स्वतः पार्टी कमिटी बाहिर हुने प्रतिक्रिया दिए । मंगलबार चितवनको साैराहामा नेतृत्व चयनका लागि भएको निर्वाचन सकिएलगत्तै उनले सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा आफूले केन्द्रीय कमिटीको सदस्यको लागि उम्मेदवारी नदिएको दोहोर्‍याउँदै त्यसमा शपथ लिन नसक्ने पनि स्पष्ट पारे ।

अध्यक्षका उम्मेदवार रावलले भने, ‘मैले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको छैन । र अध्यक्ष पदमा विजय भए शपथ लिन्छु । अरुमा त मैले भेरेकै छैन भन्ने कुरा मेरो यथावत छ । अब प्रतिनिधिहरुले मत दिएनन् भने त कमिटी बाहिर बस्ने कुरा त सामान्य नै हो नि, मेरो लागि । त्यो त केही छैन ।’

रावलले पार्टीको आठौँ महाधिवेशनमा पनि आफूले केन्द्रीय सदस्यमा उम्मेदवार नदिएकाले शपथ नलिएको पनि स्मरण गराए । उनले महाधिवेशनको मत परिणाम २ घण्टाभित्रै आउने आफूले अपेक्षा गरेको पनि बताए । रावलले निवर्तमान अध्यक्ष ओलीसँग अध्यक्ष पदमा उम्मेदवारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?