सातौं पटक ‘बालोन डीओर’ विजेता बने मेस्सी

लोकपथ
259
Shares

काठमाडौं । लियोनल मेस्सीले बालोन डी ओर अवार्ड हात पारेका छन् । अर्जेन्टिनाका स्टार लियोनल मेस्सीले २०२१ को उत्कृष्ट खेलाडी बन्दै बालोन डी ओर अवार्ड हात पारेका हुन् ।

फ्रेन्च फुटबलले सोमबार राति एक विशेष समारोहकाबीच मेस्सीलाई बालोन डी ओर अवार्ड प्रदान गरेको छ ।

मेस्सीले कीर्तिमानी सातौं पटक बालोन डीुओर अवार्ड जितेका हुन् ।

यस अघि मेस्सीले २००९, २०१०, २०११, २०१२, २०१५ र २०१९ मा यस अवार्ड जितेका थिए ।
मेस्सीले रोबर्ट लेवान्डोस्की र जोगिन्होलाई पछि पार्दै अवार्ड जितेका हुन् ।

फ्रेन्च फुटबलले खेल पत्रकार, राष्ट्रिय टिमका कप्तान र प्रशिक्षकहरुको भोटको आधारमा विजेता घोषणा गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?