एमालेको मतदान सम्पन्न

लोकपथ
1.1k
Shares

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान सकिएको छ । मंगलबार बिहान ४ बजेदेखि सुरु भएको मतदान साढे १० बजे सकिएको हो ।

महाधिवेशनमा विद्युतीय मेसिनबाट मतदान गरिएको थियो ।

अध्यक्ष पदका लागि ओली र रावलले उम्मेदवारी दिएका छन् । यस्तै छ उपाध्यक्षका लागि सात र सात सचिवका लागि नौ जनाको उम्मेदवारी परेको छ । उपाध्यक्षमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा, सुवासचन्द्र नेम्वाङ, विष्णु पौडेल र घनश्याम भुसालको उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ ।

यस्तै सचिवमा टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ट, पद्मा अर्याल, भीम आचार्य र टङ्क कार्कीको उम्मेदवारी परेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?