काठमाडौं । तोकिएको समयमा मतदान नसकिएपछि नेकपा एमालेको १०औँ महाधिवेशन अन्तर्गत जारी मतदानको समय थप गरिएको छ ।
मंगलबार बिहानदेखि जारी मतदान १० बजेसम्मका लागि तोकिएको थियो । तर निर्धारित समयमा मतदान नसकिने भएसँगै आधा घण्टा समय थप गरिएको निर्वाचन आयोगका सदस्य बाबुराम दाहालले जानकारी दिए । उनका अनुसार हालसम्म १७ सय भन्दा बढी मत खसिसकेको छ ।
चितवनको सौराहास्थित होटल सेभेन स्टारमा महाधिवेशनमा विद्युतीय मेसिनबाट मतदान भइरहेको छ । सोमबार राति नै मतदान सुरु गर्ने भनिएपनि ढिला गरी मंगलबार बिहानबाट मात्र मतदान सुरु भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया