काठमाडौं । अहिले नेकपा एमालेको नेतृत्व चयनका लागि चितवनमा मतदान भइरहेको छ । सौराहास्थित होटल सेभेनस्टार परिसरमा आज बिहानदेखि मतदान जारी छ । मतदानमा चलिरहँदा केपी ओली पक्षले आफू पक्षीय उम्मेदवारको सूची तयार गरेर प्रतिनिधिलाई वितरण गरिरहेका छन् ।
कसलाई भेट हाल्ने र कसलाई नहाल्ने भनेर सूची तयार गरेर ओली पक्षले सूची वितरण गरेको हो । ओली पक्षले भीम रावल पक्षलाई भोट नहाल्न भन्दै पर्चा वितरण गरेका हुन्।
जुन निर्वाचन आचारसंहिताको विपरित छ । निर्वाचन आचारसंहितामा प्यानल बनाउन तथा समूहगत आधारमा नामावली वितरण गर्न नपाइने उल्लेख छ । तर ओली समूहले मतदानस्थलमै प्यानलको सूची वितरण गरेको पाइएको हो ।
एमालेको नयाँ नेतृत्वका लागि केपी ओली र भिम रावल चुनावी मैदानमा होमिएका छन् । त्यस्तै, ६ वटा पद भएको उपाध्यक्षमा सुवासचन्द्र नेम्वाङ, रामबहादुर थाप, घनश्याम भुसाल, अष्टलक्ष्मी शाक्य, विष्णु पौडेल, सुरेन्द्र पाण्डे र युवराज ज्ञवालीले प्रतिस्पर्धा गर्नेछन् ।
त्यसैगरी, ७ सचिव पदमा पनि ओलीले टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विस्ट र पद्मा अर्यालबीच प्रतिस्पर्धा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया