सुनसरीमा अागलागी, चारलाख रूपैयाँ बराबरको क्षति

इनरूवा (सुनसरी) : सुनसरीको देवानगञ्ज गाउँपालिका-१ स्थित मध्यहर्षाहीका दुर्इ घरमा अागलागी हुँदा पाँच लाख रूपैयाँबराबरको क्षति भएको छ । 

घर नजिकै अागो बाल्न बनाएको घुरबाट अन्यत्र अागो फैलँदा घोपा पाल र सेवन पालका ४ घर जलेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीले दिएको जानकारीअनुसार अागलागीमा परि घरभित्रका अन्नपात, लुगाफाटा, भाँडाकुँडा र काठका सामान जलेर नष्ट भएका छन् । 

स्थानीयवासी, बारूणयन्त्र र प्रहरीले अहिले सो स्थानमा लागेको अागो निभाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?