एमाले महाधिवेशन : मतदान जारी, सँगसँगै देखिए ओली र रावल

काठमाडौं । नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयन गर्न मंगलवार बिहानदेखि मतदान शुरू भएको छ । मतदानस्थलमा अध्यक्ष पदका उम्मेदवारद्वय केपी शर्मा ओली र भीमबहादुर रावल सँगसँगै देखिएका छन् ।

दुवै उम्मेदवारले मतदानस्थलमा पुगेर बिहानै मतदान गरिसकेका छन् । मतदान शुरू भएसँगै एमाले पदाधिकारीका उम्मेदवारहरूले शुरूमा मतदान गरेका छन् । अध्यक्ष केपी शर्मा ओली, भीम रावल, विष्णु पौडेल लगायतले मतदान गरेका छन् ।

मतदानपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै अध्यक्षका उम्मेद्वार भीम रावलले केन्द्रीय कमिटी सदस्यमा आफूले उम्मेदवारी नदिएको बताए। उनले पदाधिकारीका उम्मेदवारको नाम सदस्यमा समेत रहेकाले यसलाई तत्काल सच्याउनसमेत निर्वाचन आयोगको ध्यानाकर्षण गराएको बताए।

केन्द्रीय निर्वाचन आयोगले सोमवार मध्यराति उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको थियो । यसअघि अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मत बनाउने भन्दै ३०१ केन्द्रीय सदस्यसहित पदाधिकारीको नाम पेस गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?