एमाले महाधिवेशन : मतदान बिहान २ बजेदेखि, यी हुन् उम्मेदवारहरु (सूचिसहित)

काठमाडौं । नेकपा एमालेको भितवनमा जारी महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएको छ । सोमबार राति निर्वाचन आयोगले उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरेको हो ।

निर्वाचनको परिमार्जित कार्यतालिकाअनुसार मंगलबार बिहान २ बजेदेखि ८ बजेसम्म मतदानको कार्यक्रम छ। अन्तिम नामावली प्रकाशनपछि अब विद्युतीय मतदानका लागि इन्ट्री गर्नुपर्ने हुन्छ ।

मतदानका लागि ४ देखि ५ घण्टा लाग्ने अनुमान गरिएको आयोगले बताएको छ । सर्वसम्मत केन्द्रीय सदस्यहरु चयन गराउन नेताहरु नै सक्रिय भएका छन् ।

उम्मेद्‍वारी फिर्ता गराउनका लागि जनप्रतिनिधि बनाउनेदेखि सरकारी नियुक्ति दिलाउनेसम्मको आश्वासन दिइरहेका छन् । केन्द्रीय समितिमा सर्वसम्मत गरेर पदाधिकारीमा मात्रै चुनाव गर्ने तयारी भएकाले ढिलाइ भएको हो ।

यसअघि अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मत बनाउने भन्दै ३०१ केन्द्रीय सदस्यसहित पदाधिकारीको नाम पेस गरेका थिए। ओलीको सूचीमा असन्तुष्ट भएकाहरूले सोमबार आफूले चाहेको पदमा उम्मेदवारी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?