प्रधानन्यायाधीश जबरा अस्पताल भर्ना

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई कोरोना संक्रमण देखिएपछि बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल भर्ना भएका छन् ।उनी उपचारका लागि सोमबार साँझ एपीएफ अस्पताल बलम्बुमा भर्ना भएका हुन् ।

आइतबार प्रधानन्यायाधीश जबराका एक जना पारिवारिक सदस्यलाई संक्रमण देखिएको थियो । राणाले सोमबार दिउँसो स्वाब परीक्षण गराएका थिए ।

उनको स्वास्थ्य अवस्था सामान्य रहेको उपचारमा संलग्न चिकित्सकले जानकारी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?