सरकारले गर्‍यो १० सचिवको सरुवा, को कहाँ ?

काठमाडौँ । सरकारले १० जना सचिवको सरुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले १० जना सचिवको सरुवा गर्ने निर्णय गरेको हो ।

जसअनुसार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव सूर्यप्रसाद गौतम र शिक्षा विज्ञान तथा प्रविधि९शिक्षा० सचिव रामप्रसाद थपलियालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव एक नारायण अर्याललाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा तथा निर्वाचन आयोगका सचिव सुरेश अधिकारीलाई सामान्य प्रशासनमा सरुवा गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालालाई शिक्षा मन्त्रालय लगिएको छ भने महेश्वर न्यौपाने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट पर्यटन मन्त्रालयमा पुगेका छन् ।

वित्त आयोगका सचिव गोकर्णमणि दुवाडीलाई निर्वाचन आयोगमा र प्रधानमन्त्री कार्यालयका सचिव भरतमणि सुवेदीलाई वित्त आयोगमा सरूवा गरिएको छ । सहरी विकास मन्त्रालयका सचिव रमेश सिंहलाई अतिरिक्त जगेडामा राख्दै ऊर्जा आयोगका सचिव मणिराम गेलाललाई सहरी विकास मन्त्रालयमा सरुवा गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?