निक्षेप सात अर्बले घट्दा कर्जा १४ अर्बले बढ्यो

RSS
65
Shares

काठमाडौं । वाणिज्य बैंकहरुमा निक्षेपको मात्रा क्रमशः घट्दै गएको पाइएको छ । नेपाल बैंकर्स सङ्घले उपलब्ध गराएको विवरणअनुसार पछिल्लो एक सातामा निक्षेप कूल सात अर्ब रुपैयाँले घटेको छ ।

सङ्घका अनुसार यही मङ्सिर ३ गते ४२ खर्ब २६ अर्ब रुपैयाँ रहेको निक्षेप मङ्सिर १० गतेसम्म आइपुग्दा ४२ खर्ब १९ अर्ब रुपैयाँमा सीमित भएको छ । यस्तै मङ्सिर ३ गतेसम्म ४० खर्ब ४१ अर्ब रुपैयाँबराबरको कर्जा लगानी गरेका वाणिज्य बैंकले मङ्सिर १० गतेसम्म आइपुग्दा ४० खर्ब ५५ अर्ब रुपैयाँबराबरको लगानी गरेका छन् । यस आधारमा एक सातामा नै १४ अर्ब रुपैयाँबराबरको कर्जा लगानी भएको देखिन्छ ।

गत साउन पहिलो साता ४१ खर्ब ५८ रुपैयाँबराबर रहेको निक्षेप मङ्सिर १० गतेसम्म आइपुग्दा ४१ खर्ब १९ अर्ब रुपैयाँमा सीमित भएको छ । यस्तै, साउनको पहिलो सातामा ३७ खर्ब ६ अर्ब रुपैयाँ रहेको कर्जा मङ्सिर १० गतेसम्म आइपुग्दा ४० खर्ब ५५ अर्ब रुपैयाँ पुगेको छ । निक्षेप भने अपेक्षित रुपमा थपिन सकेको छैन ।

गत असोज ३१ गतेसम्म सबैभन्दा बढी ४२ खर्ब ६९ रुपैयाँ निक्षेप रहेको थियो । त्यसपछि लगातार निक्षेप घट्ने क्रममा छ । पूँजीगत खर्चमा उल्लेख्य वृद्धि नभएको तथा विप्रेषण आप्रवाहमा समेत गिरावट आएका कारण वाणिज्य बैंकमा निक्षेप बढ्न नसक्दा तरलताको समस्या देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?