काठमाडाैं : सानो अान्द्राबाट निरन्तर रक्तश्राव भएपछि अस्पताल भर्ना भएका राष्ट्रकवि माधव घिमिरेलार्इ थप उपचारका लागि भारतको नयाँ दिल्लीस्थित मेदान्त अस्पताल लैजान लागिएको छ ।
रक्तश्राव नरोकिएपछि चिकित्सककै सल्लाहमा घिमिरेलार्इ थप उपचारका लागि भारत लैजान लागिएको पारिवारिक श्रोतले जानकारी दियो । बुधबार बेलुकी ५ बजे छोरा र्इन्दवर र नेपाली सेनाका चिकित्सक डा. शिवविक्रम शिलवालका साथ घिमिरेलार्इ दिल्ली लैजान लागिएको हो ।
घिमिरेलार्इ बैशाख २८ गतेदेखि निरन्तर रक्तश्राव भएको थियो । फोक्सो, मुटु र मृगाैलामा पनि समस्या देखिएपछि गत माघदेखि घिमिरे निरन्तर अस्पताल धार्इरहेका थिए । घिमिरेको उपचारमा लाग्ने सम्पूर्ण खर्च सरकारले व्यहोर्ने भएको छ ।
वि.सं. १९७६ असोज ७ गते जन्मिएका घिमिरेको जन्मशताब्दी मनाउन तयारी भर्इरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया