होलसेल तथा खुद्रा तरकारी, फलफूलबजारको भव्य उद्घाटन

लोकपथ
78
Shares

काठमाडौं । कपन आकाशेधारा, गणेश मन्दिर नजिक शैलुङ महाभारत तरकारी ,फलफूल तथा कृषिबजारको ग्रान्ड ओपेनिङ्ग भव्य रुपमा समाप्त भएको छ । गत गत शनिबार कार्यक्रमको उद्घाटन पासाङ ढुक्पा शेर्पाबाट रिबन काटेर समारोह गरिएको हो ।

कृषिबजारमा छरिएर रहेका तरकारी, तथा फलफूलहरुलाई एउटै छानामुनी विभिन्न स्टलमार्फत आर्गानिक तरकारी तथा फलफूलहरु सुपथ मूल्यमा उपलब्ध गराइने छ । अब सम्पूर्ण उपभोक्ताहरुले रोजीरोजी, ताजा र चाहे जस्तो तरकारी तथा फलफूलखरिद गर्न पाउनेछन्।

सम्पूर्ण उपभोक्ताहरुको सहजताका लागि संचालनमा ल्याइएको, शैलुङ महाभारत तरकारी, फलफूल तथा कृषिबजार ,कपन आकाशेधारा, गणेशमन्दिर नजिक अवस्थित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?