मुम्बई : चेन्नार्इ सुपर किंग्स भारतमा जारी भिभो अार्इपिएल-२०१८ को फार्इनलमा प्रवेश गरेको छ । मंगलबार बेलुकी भएको खेलमा सनरार्इजर्स हैदरावादलार्इ २ विकेटले हराउँदै चेन्नार्इले उपाधि भिडन्त पक्का गरेको हो ।
हैदराबादले दिएको १ सय ४० रनको लक्ष्य पछ्याएको चेन्नाईले १९.१ ओभरमा ८ विकेट गुमाएर जीत हासिल ग-यो । चेन्नाइका लागि फाफ डु प्लेसिसले ४२ बलमा ५ चौका र ४ छक्का प्रहार गर्दै अविजित अर्धशतक पुरा गरे । सुरेश रैनाले २२, सर्दुल ठाुकरले ५ बलमा ३ चौकासहित १५ र दीपक चाहारले १० रन बनाए, तर चेन्नार्इका अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
अम्बाटी रायडु शून्यमा आउट भए भने कप्तान महेन्द्रसिंह धोनी ९, ड्वान ब्राभो ७, रविन्द्र जडेजा ३ रनमा आउट भएका थिए । हैदराबादका सन्दीप शर्मा, सिद्धार्थ काउल र रसिद खानले समान २ विकेट र भुवनेश्वर कुमारले १ विकेट लिएका थिए ।
त्यसअघि टस हारेर ब्याटिङ गरेको हैदाराबादले कार्लोस ब्रेथवेटको अविजित ४३ रनका साथ निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ३९ रन बनाएको थियो । २९ बल खेलेका कार्लोसले १ चौका र ४ छक्का प्रहार गरेका थिए ।
कप्तान केन विलियम्सन र युसुफ पठानले समान २४, श्रीभाट्स ग्वस्वामी र सकिब अल हसनले समान १२ रन जोडेका थिए । चेन्नईका लागि ड्वान ब्राभोले २, दीपक चाहार, लुङ्गी एनगिदी, सर्दुल ठाकुर र रविन्द्र जडेजाले समान १ विकेट लिएका थिए ।
आइपिएलको एलिभिनेटरमा बुधबार कोलकाता नाइट राइजर्स र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुनेछ । त्यो खेलको विजेताले शुक्रबार फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायर्समा हैदारवादको सामना गर्नेछ । अाइपीएलको फार्इनल खेल अार्इतबार खेलाउने कार्यतालिका छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया