व्यक्तिगत जीवनको अफवाहले मलाई केही फरक पर्दैन : श्रद्धा कपुर

लोकपथ
312
Shares

काठमाडौं । बलिउड अभिनेत्री श्रद्धा कपुरले सामाजिक सञ्जालमा आफ्नो सुन्दर तस्बिर सेयर गरेकी छिन् । सोमबार उनले इन्स्टाग्राममा सनबाथ गरिरहेको तस्बिर सेयर गरेका थिइन्, जुन उनका फ्यानहरुले मन पराएका छन् ।

यो तस्बिरमा श्रद्धा कपुर निकै सुन्दर देखिएकी छिन् र क्यामेरातिर हेरेर मुस्कुराइरहेकी छिन् ।

यस तस्बिरको क्याप्सनमा अभिनेत्री श्रद्धा कपुरले काव्यात्मक लाइन लेखेकी छिन् । उनले लेखेका छिन् ।

श्रद्धा कपूर

हालै अभिनेत्री श्रद्धा कपुरले घरेलु हिंसाको बारेमा आफ्नो विचार व्यक्त गरेकी छिन् र भावुक पनि भइएकी थिइन् । ३४ वर्षीया अभिनेत्रीले भनेकी छिन्, ‘किन आजका महिलाहरु ‘इट्स ओके’ भन्दै घरेलु हिंसा सहने काममा लागेका छन् ?’ उनले महिलाले नै समाजमा परिवर्तन ल्याउन सक्ने बताइन् ।

श्रद्धा कपूरको यो तस्बिरलाई ९ लाखभन्दा बढीले लाइक गरेका छन् । उनका फ्यानहरुले यो तस्बिरमा कमेन्ट गरिरहेका छन् ।

श्रद्धा कपूर

श्रद्धा कपुरले व्यक्तिगत जीवनको बारेमा कुरा गर्दा कामबाट विचलित नहुने बताइन् । यद्यपि उनले व्यक्तिगत जीवनका बारेमा धेरै कुरा गर्न नचाहेको पनि स्वीकार गरेकी छिन् । उनी फोटोग्राफर रोहन श्रेष्ठसँग डेट गरिरहेको खबर पनि आएको थियो । योसँगै उनको रोहन श्रेष्ठसँग बिहेको हल्ला पनि बढेको थियो ।

श्रद्धा र रोहन प्रायः सँगै देखिएका हुन्छन् र उनीहरुका फ्यानहरु उनीहरुको विवाहको प्रतीक्षामा छन् । तर, दुवैले आफ्नो सम्बन्धबारे खुलेर बोलेका छैनन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?