विराटनगर- सुन तस्करी प्रकरणका मुख्य अभियुक्त चूडामणि उप्रेती ‘गोरे’ले मंगलबारको प्रारम्भिक बयानमा प्रहरी वरिष्ठ उपरीक्षक श्याम खत्रीलाई पक्रिए सुन काण्डबारेको धेरै रहस्य खुल्ने बताएका छन् ।
मंगलबार पक्राउ परेलगत्तै बयानका लागि मोरङ जिल्ला अदालत पु-याइएका गोरेले प्रहरी वरिष्ठ उपरीक्षक खत्रीलाई पक्राउ गरे 'सुन-काण्ड'बारेको बाँकी धेरै रहस्य खुल्ने बयान दिएका हुन् ।
गोरेले सुन तस्करीमा सघाउने प्रहरीलाई बुझाएको रकमको सूचीमा खत्रीको पनि नाम रहेको छ । उनले पटकपटक गरेर १ करोड १२ लाख रुपैयाँ लिएको भेटिएको थियो । तस्करीमा संलग्न अन्य अभियुक्तले पनि एसएसपी खत्रीको नाम लिँदै आएका छन् ।
खत्री यसअघि दुबईबाट आएको ३४ किलो सुन काण्डमा समेत पक्राउ परेका थिए । तर, उनलाई पछि अदालतले सफाइ दिएको थियो । पुनः सुनकाण्डमा उनको संलग्नता रहेको पाइएपछि छानबिन समितिले वैशाख पहिलो साता बयानका लागि हाजिर हुन बोलाएको थियो । तर, उनी फरार रहँदै आएका छन् । यस्तै, गोरेले बयानकै क्रममा सुनका लगानीकर्ता मोहन अग्रवाल रहेको समेत खुलाएका छन् ।
गोरेले बयानका क्रममा आफ्नो काम सेटिङ मिलाउने र कमिसन लिने भएको भन्दै लगानीकर्ता मोहन अग्रवाल रहेको बयान दिएका हुन् । राजधानी दैनिकमा खबर छ |
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया