सेयर बजारमा २१.४८ अंकको गिरावट

लोकपथ
156
Shares

काठमाडौं । साताको दोस्रो दिन आज (सोमबार) पनि सेयर बजारमा गिरावट आएको छ । आइतबार भारी गिरावट आएको सेयर बजारले सोमबार पनि निरन्तरता पाएको हो ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज सेयर बजार कारोबार मापक नेप्से परिसूचक २१.४८ अंकले घटेर २६३०.०१ बिन्दुमा झरेको छ ।

त्यस्तै, ठूला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ परिसूचक पनि ६ अंकले घटेर ४९५.४५ बिन्दुमा पुगेको छ ।

आइतबार कुल २३४ कम्पनीको ८२ लाख २५ हजार ८२२ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ८९ लाख ३७ हजार १३३ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।

कुल १३ उपसमूहमा २ वटा मात्र समूहको सेयरमूल्य बढेको छ भने बाँकी ११ वटा समूहको सेयर मूल्य घटेको छ ।

आज न्यादी हाइड्रोपावर र सामलिङ्ग पावर कम्पनीका लगानीकर्ताले सर्वाधिक नाफा कमाएका छन् भने आईसीएफसी फाइनान्सका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?