विराटनगर- विराटनगर महानगरपालिका–१३ स्थित थापानिवास टोलमा भारतले १० वर्षदेखि अवैध रूपमा सञ्चालन गरिरहेको फिल्ड कार्यालय हटाउने निर्णय गरेको छ । कोसीमा बाढी आएपछि व्यापारिक समस्या हल गर्न भन्दै खोलेको कार्यालय हटाउन यसअघि नेपालले पटक–पटक गरेको आग्रह भारतले बेवास्ता गर्दै आएको थियो, आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
सप्तकोसीमा ५ भदौ ०६५ मा बाढी आएपछि काठमाडौंस्थित भारतीय दूतावासबाट कागजपत्रको काम गर्न पूर्वका व्यापारीलाई असहज भएको थियो । पूर्वका उद्योगी व्यापारीकै आग्रहमा भारतले सोही वर्ष दुई वर्षका लागि फिल्ड कार्यालय राखेको थियो । कार्यालय ०६७ साल (सन् २०१०) मा हटाउनुपर्ने भए पनि भारतले हटाएको थिएन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया