कांग्रेसको प्रदेश अधिवेशन २ दिन पछाडि धकेलियो

लोकपथ
104
Shares

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत प्रदेश अधिवेशनको मिति पछि धकेलिएको छ । कांग्रेसको कतिपय स्थानमा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र जिल्ला अधिवेशन नै बाँकी रहेकोले प्रदेश अधिवेशन दुई दिन पछाडि सार्ने निर्णय भएको एक नेताले बताए ।

आज बालुवाटारमा भएको शीर्ष नेताहरुको छलफलले प्रदेश अधिवेशन सार्ने निर्णय गरेको हो । छलफलमा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालगायत नेताहरु सहभागी थिए ।

हाल १९ स्थानमा प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन र कतिपय जिल्लामा जिल्ला अधिवेशन नै सम्पन्न हुन बाँकी रहेको छ । कतिपय जिल्लामा धमाधम जिल्ला अधिवेशन चलिरहेको छ ।

कांग्रेसले यही मंसिर १६ र १७ मा प्रदेश अधिवेशन गर्ने कार्यतालिका रहेको रहेको थियो । अब प्रदेश अधिवेशन मंसिर १८ र १९ गते हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?