माओवादीले टुंग्यायो बागलुङको ८ पालिकामा नयाँ नेतृत्व

RSS
182
Shares

गलकोट । माओवादी केन्द्रले बागलुङका आठ वटा स्थानीय तहमा नयाँ नेतृत्व चयन गरेको छ । बागलुङ नगरपालिका, ढोरपाटन नगरपालिका, जैमिनी नगरपालिका, निसीखोला गाउँपालिका, काठेखोला गाउँपालिका, तमाखोल गाउँपालिका, ताराखोला गाउँपालिका र बडीगाड गाउँपालिकामा सर्वसम्मतरुपमा नेतृत्व चयन भएको माओवादी केन्द्र जिल्ला ज्ञामनाथ गैरे ‘अनिल’ले जानकारीले जानकारी दिए ।

बागलुङ नगरको अधिवेशनबाट इन्द्र केसी सर्वसम्मतरुपमा अध्यक्षमा चयन भएका छन् । केसीको नेतृत्वमा ६५ सदस्यीय नगर समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा रतन मलेपती, चित्र सुवेदी, महेन्द्रकुमार विक, सचिवमा राजु खड्का, कोषाध्यक्षमा धनमाया शर्मा र सह–सचिवमा जीवन शर्मा रहेका छन् ।

ढोरपाटन नगरकमिटिको अध्यक्षमा भीम गौतम, उपाध्यक्षमा सुमित घर्ती मगर, लेखतबहादुर कार्की, हिक्मत भण्डारी, सचिवमा वीरबहादुर घर्ती मगर चयन भएका छन् । काठेखोला गाउँकमिटीको अध्यक्षमा कृष्ण थापा र बडीगाड गाउँकमिटीको अध्यक्षमा मिलन रेश्मी र सचिवमा वीरेन्द्र बुढा चयन भएको माओवादी केन्द्रले जनाएको छ ।

त्यसैगरी निसीखोला गाउँपालिका अध्यक्षमा कुवीर विक, उपाध्यक्ष कमला पुनमगर, रेशम पुन, टीकाबहादुर चन्द, सचिवमा कुशल बुढामगर, सहसचिव गङ्गा घर्ती र कोषाध्यक्ष तुल्सी रेग्मी चयन भएका छन् । नेकपा माओवादी केन्द्र ताराखोला गाउँपालिकाको अध्यक्षमा दिवस खत्री चयन भएका छन् । समितिको उपाध्यक्षमा खड्कबहादुर विक, दिलकुमारी पुन र यामबहादुर श्रीस, सचिवमा फूलमाया पुन, सहसचिवमा जीवन बस्नेत र कोषाध्यक्षमा गौरीमाया गुरुङ चयन भएको बताइएको छ ।

त्यस्तै जैमिनीमा माओवादी केन्द्रको अधिवेशनबाट झमन पाण्डेको अध्यक्षतामा ६५ सदस्यीय जैमिनी नगर समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा देवेन्द्र पुन, सकसबहादुर क्षेत्री र टेकबहादुर रायमाझी, सचिवमा शोभाप्रसाद शर्मा, सहसचिवमा अरविन थापा र कोषाध्याक्षमा निर्मला केसी चयन हुनुभएको नेकपा माओवादी केन्द्रका जैमिनी नगर इञ्चार्ज लालबहादुर परियारले जानकारी दिए ।

जिल्लाको नौ वटा पालिकामा एकैसाथ अधिवेशन सुरु भए पनि बरेङ गाउँपालिकामा अझैसम्म सुरु भएको छैन । गलकोट नगरपालिकामा नेतृत्व चयन भएको छैन । सर्वसम्मतरुपमा नेतृत्व चयन गर्ने गरी छलफल भइरहेको संयोजक गैरेले जानकारी दिए । उनले केही दिनमै बरेङ गाउँपालिकामा पनि नेतृत्व चयन गर्ने बताए ।

माओवादीले जिल्लाका ८५ वटै वडामा सर्वसम्मतपछि दशैवटा पालिकामा अधिवेशनमार्फत नयाँ नेतृत्व गर्न थालेको हो । स्थानीय तहपछि, प्रदेश हुँदै राष्ट्रिय सम्मेलनको तयारीमा माओवादी केन्द्र जुटेको छ । प्रदेशको अधिवेशन २५ गतेलाई तोकिएको छ भने आगामी पुस ११ र १२ गतेसम्म काठमाडौँमा राष्ट्रिय सम्मेलन हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?