कमल थापाद्वारा राप्रपा अध्यक्ष उठ्ने घोषणा

लोकपथ
65
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्षमा कमल थापाले उम्मेदवारी घोषणा गरेका छन् ।

सोमबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रमा थापाले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै थापाले राप्रपालाई नेपालको राजनीतिको वैकल्पिक शक्ति बनाउने समेत प्रतिबद्धता व्यक्त गरेका छन् । थापाको उम्मेदवारी घोषणा कार्यक्रममा पार्टीका संस्थापक नेता लोकेन्द्रबहादुर चन्द, विश्वबन्धु थापा लगायतको उपस्तिी रहेका थिए ।

त्यसैगरी सहमतिको आधारमा नभए हिन्दु राज्यसहितको प्रजातन्त्रका विषयमा जनमत संग्रह गर्न समेत सुझाव दिएका छन् ।

राप्रपाको केन्द्रीय महाधिवेशन आगामी मंसिर १५ गतेदेखि १७ गतेसम्म काठमाडौंमा हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?