पदाधिकारीमा नपरेपछि कार्यकारी पदबाट बिदा भए लालबाबु

लोकपथ
2.3k
Shares

काठमाडौैं । नेकपा एमालेका नेता लालबाबु पण्डितले कुनै पनि कार्यकारी पदमा नबस्ने घोषणा गरेका छन् ।

आइतबार राति अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक गरेको केन्द्रीय कमिटीमा पदाधिकारीमा नपरेपछि नेता पण्डितले कुनै पनि कार्यकारी पदमा नबस्ने घोषणा गरेका हुन् । पण्डितले महाधिवेशनमा उपाध्यक्षको दाबी गर्दै आएका थिए । तर उनलाई ओलीले केन्द्रीय सदस्यमा मात्रै राखेका थिए । यद्यपी सर्वसहमतिमा नेतृत्व चयन भएमा आफूले सबै त्याग गर्ने समेत बताउँदै आएका थिए । सोमबार दिउँसो नेता पण्डितले सामाजिक विजयी भएकाहरुलाई बधाई दिँदै बाहिरिएको घोषणा गरेका हुन् ।

‘आजदेखि सम्पूर्ण कार्यकारी पदबाट बिदा लिँदै दशौँ महाधिवेशनबाट सम्पूर्ण बिजयी कमरेडहरुलाई सफल कार्यकालको हार्दिक शुभकामना ।’ उनले भनेका छन् ।

त्यस्तै आफूले साधारण सदस्य मात्रै रहेर बस्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?