२ माघ २०७८, आईतवार

देशभर चिसो बढ्यो, काठमाडौंको न्यूनतम तापक्रम ७.१ डिग्री

२०७८,मङ्सिर,१३,सोमवार १२:५४

81
Shares

काठमाडौँ । न्यूनचापीय प्रणालीको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपात हुने भएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले नेपालमा बङ्गालादेश र आसपास रहेको न्यून चापीय प्रणालीको प्रभावका साथै अरब सागर तथा आसपासमाको न्यून चापीय प्रणालीको आंशिक प्रभाव छ । विभागले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गदै प्रदेश नं १, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको र देशभर चिसो बढ्ने क्रममा रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

मंगलबार देशभर आंशिक बदली रही गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताइएको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम सात दशमलव एक डिग्री र अधिकतम तापक्रम २१ दशमलव चार डिग्री सेल्सियस छ ।

त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस तीन दशमलव पाँच डिग्री र सबैभन्दा धेरै जनकपुरको अधिकतम तापक्रम २९ दशमलव दुई डिग्री सेल्सियस रहेको छ ।

प्रकाशित मिति: २०७८,मङ्सिर,१३,सोमवार १२:५४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपालमा पश्चिमी वायुसँगै भारतको उत्तर प्रदेशमा रहेको न्यून चापीय प्रणालीको प्रभाव छ । बिहान देशका अधिकांश भू-भागमा सामान्य

मुगु । हिमाली जिल्ला मुगुमा दोस्रो पटक हिमपात भएको छ । एक साताअघि परेको हिउँ पग्लन नपाउँदै पुन: बुधबार रातिबाट

काठमाडौं । सोमबारदेखि देशभरको मौसममा सुधार आएको छ । हाल देशमा कुनै पनि उल्लेखनीय मौसम प्रणाली नरहेको जल तथा मौसम

काठमाडौं । आज देशभर आंशिक बदली भई गण्डकी र प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भूभागका एक वा

ताजा समाचार

हतियारसहित एक युवक पक्राउ
 २०७८,माघ,२,आईतवार २०:०९
कोरोना संक्रमणमुक्त भए प्रचण्ड
 २०७८,माघ,२,आईतवार १९:४६