एमाले महाधिवेशन : प्रतिस्पर्धीको उम्मेदवारी नपरेपछि पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म निर्विरोध

लोकपथ
819
Shares

काठमाडौं । नेकपा एमालेको १०औँ महाधिवेशनमा धेरै पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्ममा विपक्षी समूहबाट उम्मेदवारी नपरेपछि सर्वसम्मत भएका छन् । सो क्रममा ६ जना श्रमिक कोटाबाट निर्विरोध चुनिएका छन् ।

जसमा जिफन्ट अध्यक्ष विनोद श्रेष्ठसहित रमेश बडाल, कमल गौतम, बाबुराम थापा, मञ्जु कुमारी थापामगर र सीता लामा सर्वसम्मत एमालेको केन्द्रीय सदस्य चयन भएका हुन् ।

आइतबार राति अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक गरेको ३०१ जनाको केन्द्रीय कमिटीमा परेका उनीहरु केन्द्रीय सदस्यमा मनोनित भएका हुन् ।

त्यस्तै अन्य पदमा समेत सर्वसम्मत नेतृत्व चयन भएको छ । जसअनुसार वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा शंकर पोखरेल र उपमहासचिवत्रय प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाल पनि सर्वसम्मत भएका छन् । त्यसैगरी अन्य पदहरुमा निर्वाचनको तयारी भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?