सौराहाबाट घनश्यामको ब्रिफिङ : ‘चुनावमा गएर हामीले लोकतन्त्रको अभ्यास गरेका हौँ’

लोकपथ
429
Shares

काठमाडौं । नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले एमालेको १०औँ महाधिवेनशनमा उम्मेदवारी दर्ता गरेर आफूहरुले लोकतान्त्रिक प्रणालीको अभ्यास गरेको बताएका छन् ।

उपाध्यक्षमा उम्मदेवारी दर्ता गराएपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै भुसालले चुनाव नै लोकतन्त्रलाई बलियो बनाउने हतियार समेत भएको बताउँदै त्यसैको प्रयोग गरेको बताए ।

निर्वाचन मार्फत नेतृत्व चयन गरेर कम्युनिष्ट पार्टीहरुले लोकतान्त्रिक अभ्यास गरेको बताउँदै उनले भने, ‘निर्वाचन त कम्युनिष्ट पार्टीमा हामीले धेरै अभ्यास गरेर यो कम्युनिष्ट पार्टी यति लोकतान्त्रिक हुन्छ भन्ने देखाएर दुनियाँले विश्वास गरेर हामीलाई भोट हालेर जिताएर हामी शक्तिशाली भएको हो । लोकतन्त्र हाम्रो लागी धेरै शक्तिशाली हुने हतियार हो । अरु केही होइन । लोकतान्त्रिक अध्यास हो त्यसकारण हामीले यसलाई अभ्यास गरेको हो । ’

त्यस्तै १० बुँदे कार्यान्वयनमा नेतृत्वले इमान्दारिता देखाउन नसकी दुर्घटनामा पारेको समेत आरोप लगाए । ‘१० बुँदे एउटा दुर्घटना थियो । १० कार्यान्वयन नगर्नु एउटा दुर्घटना थियो । तर होल पार्टी, शिद्धान्त बाटो क्रान्ती त्यसैले निर्धारण गर्दैन । त्यो १०बुँदे हामीले सम्झौता गर्र्यौ । तर त्यसलाई लागू गर्नुपर्ने कतिपय कमरेडहरुले त्यसलाई इमान्दारिता देखाउनुभएन ।’ भुसालले भने ।

सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेता रावलले आफ्नो पक्षमा जस्ता परिणाम आए पनि स्वीकार गरेर जाने बताए ।
यो चुनावमा तपाइहरुको पक्षमा निर्णय आएन भने के गर्नुहुन्छ भन्ने पत्रकारको प्रश्नमा उनले भने, ‘हामी जे आउँछ स्वीकार गर्छौँ । मैले जिते भने पनि स्वीकार गर्छ । हारे भने पनि स्वीकार गर्छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?