एमाले महाधिवेशन : यसकारण पूर्वमाओवादी नेताहरु असन्तुष्ट

लोकपथ
2.2k
Shares

काठमाडौं । नेकपा एमालेको १०औँ महाधिवेशनमा नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता गर्ने क्रम जारी छ ।

सो क्रममा उपाध्यक्ष र सचिवमा बढी उम्मेदवारी परेको भन्दै पूर्वमाओवादीका नेताहरु असन्तुष्ट बनेका छन् ।

पूर्वमाओवादीबाट एमालेमा आएका नेताहरुले नेतृत्वमा दाबी गरेभन्दा बढी उम्मदेवारी परेको भन्दै नेताहरुमा असन्तुष्टि देखिएको हो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबार राती दशौँ महाधिवेशनमा पदाधिकारी चयनका लागि सूची तयार पारेका थिए । उक्त सूचीमा जहाँ पूर्वमाओवादीलाई समेटिएको छ, त्यहीँ एमालेका असन्तुष्ट पक्षले उम्मेदवारी दिएसँगै पूर्वमाओवादी नेताहरुमा असन्तुष्टि देखिएको हो ।

सर्वसहमतिबाट नेतृत्व चयन हुन नसकेपछि आइतबार राति निर्वाचनको कार्यतालिका सार्वजनिक गरी निर्वाचन प्रक्रिया अघि बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?