ईश्वर पोखरेलसहित पाँच पदाधिकारी निर्विरोध

लोकपथ
858
Shares

काठमाडौं । नेकपा एमालेको वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेलसहित पाँच जना पदाधिकारीहरु निर्विरोध चयन भएका छन् । वरिष्ठ उपाध्यक्षमा अन्य कसैको उम्मेदवारी नपरेपछि पोखरेल निर्विरोध चयन हुने भएका हुन् ।

उपाध्यक्षमा ईश्वर पोखरेल, महासचिव पदमा शंकर पोखरेल, उपमहासचिव पदमा प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ र विष्णु रिमाल पनि निर्विरोध निर्वाचित हुने भएका छन् । उनीहरुको औपचारिक घोषणा भने हुन बाँकी छ ।

यी पदमा मनोनयनको म्याद सकिँदासमेत पनि कसैको उम्मेदवारी नपरेपछि उनीहरु निर्विरोध निर्वाचित भएका हुन् ।

अध्यक्ष पदमा केपी ओली र भीम रावलको उम्मेदवारी परेको छ भने ६ जना उपाध्यक्षमा ७ जनाको उम्मेदवारी परेको छ । त्यस्तै, ७ सचिवमा ९ जनाको उम्मेदवारी परेको छ । केपी ओलीले प्रस्ताव गरेका ६ उपाध्यक्षमा घनश्याम भुसालले समेत उम्मेदवारी दिएपछि निर्वाचनमा जानुपर्ने भएको छ । त्यसैगरी ओलीद्वारा प्रस्तावित सात सचिवसँगै भीम आचार्य र टंक कार्कीको समेत उम्मेदवारी परेपछि सचिवमा समेत चुनाव हुने भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?