काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज साविक विजेता मच्छिन्द्र र साविक उपविजेता त्रिभुवन आर्मी क्लब भिड्दैछन्।
मच्छिन्द्र र आर्मीबीचको खेल नेपाली समय अनुसार दिउँसोको १:०० बजेबाट सुरु हुनेछ।
गत सिजनको लिगको फाइनल खेलमा यी दुई टिम भिडेका थिए । दुवै टीम आज आज पनि जित हात पार्ने लक्ष्य लिएर मैदान उत्रनेछन् ।
मच्छिन्द्र र आर्मीबीचको खेल निकै रोमाञ्चक हुने अनुमान गरिएको छ । किनभने दुवै बलिया टीममा सबैको नजर रहने गरेको छ ।
आर्मीमा अधिकांश खेलाडी पुरानै छन् । गोल रक्षक विकास खवास र फरवार्ड नवयुग श्रेष्ठ चोटका कारण आज मैदान उत्रने छैनन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया