सुनको मूल्यमा सामान्य गिरावट

लोकपथ
169
Shares

काठमाडौं । आज (सोमबार) नेपाली सुनको मूल्य घटेको छ । आज सुनको मूल्यमा प्रतितोला एक सय रुपैयाँले गिरावट आएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९२ रुपैयाँ कायम भएको छ । आइतबार सुन प्रतितोला ९२ हजार १ सय रुपैयाँमा कारोबार भएको छ ।

आज तेजाबी सुनको आजको मूल्य प्रतितोला ९१ हजार ५ सय रुपैयाँ कायम भएको छ । जसको मूल्य आइतबार प्रतितोला ९१ हजार ६ रुपैयाँ तोकिएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० रुपैयाँले बढेर एक हजार २२० रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७९२ डलर आसपास कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?