कास्की कांग्रेसको उपसभापतिमा कुँवर र भण्डारी

RSS
0
Shares

गण्डकी । नेपाली कांग्रेस कास्की जिल्ला कार्यसमितिको उपसभापति पदमा युवराज कुँवर र रामबाबु भण्डारी निर्वाचित भएका छन्

नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशनअन्तर्गत सम्पन्न जिल्ला अधिवेशनका निर्वाचनमा कुँवरले ७ सय २१ र भण्डारीले ६ सय ८५ मत प्राप्त गरेका थिए । त्यस्तै दुई सचिव पदका लागि भानुभक्त ढकाल र देवेन्द्र भाट विजयी बने। ९ जनाको उम्मेदवारी परेको सो पदमा ढकाल र भाटले क्रमशः ६ सय ८३ र ६ सय ८० मत प्राप्त गरे ।

निर्वाचनबाट सहसचिवमा नवीन सिग्देल र शंकर ढुंगाना बिजयी बनेका छन् । पोखरा महानगरपालिकाबाट खुल्ला सदस्यमा डा दीपक सुवेदी, माइकल कर्माचार्य, युवक लामिछाने (युवराज) र विश्वशंकर पालिखे विजयी बनेका छन् । त्यस्तै रुपा गाउँपालिकाबाट खुल्ला सदस्यमा खेमबहादुर गुरुङ र महिलामा दक्षिणा सुवेदी, मादी गाउँपालिका र माछापुछ्रे गाउँपालिकामा खुल्ला सदस्यमा क्रमशः ऋषिराम सुवेदी र सुदीप गौतम विजयी बनेका छन् ।

समानुपातिक खस आर्यतर्फबाट खुल्ला सदस्यमा रामजीप्रसाद कोइराला र गणेश बस्नेत, समानुपातिक आदिवासी जनजाति तर्फबाट खुल्ला सदस्यमा चौबहादुर गुरुङ र मानेन्द्र कुमाल, समानुपातिक (मधेशी वा थारु वा मुस्लिम) सदस्यमा कसीरन मिया विजयी बनेका छन् । प्रदेश अधिवेशन प्रतिनिधि अपांगताबाट भीमप्रसाद पौडेल विजयी बनेका छन् । सभापति पदमा आइतबार नै किशोरदत्त बराल निर्वाचित भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?