मेर्टेन्सको दुई गोलमा नापोलीको फराकिलो जित

लोकपथ
143
Shares

काठमाडौं । इटालियन सिरी ए फुटबलमा नापोलीले फराकिलो जित हात पारेको छ । आइतबार राति भएको खेलमा नापोलीले लाजियोलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।

नापोलीका लागि ड्राइस मेर्टेन्सले दुई गोल पियोटर जेलिनिस्की र फाबियन रुइजले समान एक एक गोल गरेका थिए ।

जितसँगै नापोलीले शीर्ष स्थानमा ३ अंकको अग्रता बनाएको छ । नापोलीले १४ खेलमा ३५ अंक जोडेको छ ।

लाजियो २१ अंक जोडेर आठौं स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?