सुरुआती अग्रता जोगाउन नसक्दा चेल्सीसँग युनाइटेडको बराबरी

लोकपथ
195
Shares

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र म्यानचेस्टर युनाइटेडबीचको खेल बराबरीमा सकिएको छ ।आइतबार राति भएको खेलमा चेल्सी र युनाईटेडले १-१ गोलको बराबरी खेलेको हो ।

चेल्सीले घरेलु मैदानमा सुरुआती एक गोलको अग्रता उल्टाएर युनाइटेडसँग बराबरी गरेको हो । खेलको ५० औं मिनेटमा जाडोन सान्चोले गोल गर्दै युनाइटेडलाई सुरुआती अग्रता दिलाएका थिए ।

Image

खेलको ६९ औं मिनेटमा जोर्गिन्होले पेनाल्टीमा गोल गर्दै चेल्सीलाई १-१ गोलको बराबरीमा फर्काए ।

यस बराबरीसँगै चेल्सीले १३ खेलमा ३० अंक जोडेको छ । चेल्सी शीर्ष स्थानमा रहेको छ ।

युनाइटेड १८ अंक जोडेर आठौं स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?