सेभियामाथि रियल मड्रिडको पुनरागमन जित

लोकपथ
195
Shares

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले जित हात पारेको छ । आइतबार राति भएको खेलमा रियलले सेभियालाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा रियलले पुनरागमन जित निकालेको हो ।

खेलको १२ औं मिनेटमा राफा मिरले गोल गर्दै सेभियालाई सुरुआती अग्रता दिलाएका थिए। करिम बेन्जिमाले ३२ औं मिनेटमा गोल गर्दै रियललाई १-१ गोको बराबरीमा फर्काएका थिए ।

त्यसपछि खेलको ८७ औं मिनेटमा भिनियस जुनियरले गोल गर्दै रियललाई २-१ को जित दिलाए ।

जितसँगै रियलले १४ खेलमा ३३ अंक जोडेको छ । रियल शीर्ष स्थानमा रहेको छ । सेभिया २८ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?