एमाले महाधिवेशन रौनक : सौराहामा उम्मेदवारी दर्ता गर्ने क्रम जारी (फोटोफिचर)

काठमाडौं । सर्वसहमतिमा नेतृत्व चयन हुन नसकेपछि निर्वाचनमार्फत एमालेको १०औँ महाधिवेशनकाे नेतृत्व चयन प्रक्रिया सुरु भएको छ ।

चितवनमा सौराहामा जारी एमालेको महाधिवेनका क्रममा नेताहरुले उम्मेदवारी दर्ता गर्ने क्रम जारी रहेको छ । सो क्रममा केपी शर्मा ओलीले अध्यक्षमा उम्मेदवारी दर्ता गरिसकेका छन् भने उनको प्यालनबाट उपाध्यक्षमा युवराज ज्ञवाली र उपमहासचिवमा प्रदीप ज्ञवालीले उम्मेदवारी दर्ता गरिसकेका छन् ।

यता अर्को समूहबाट भीम रावलले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् भने उनको समूहबाट घनश्याम भुसालले उपाध्यक्ष र भीम आचार्यले सचिवमा उम्मेदवारी दर्ता गराइसकेका छन् । साथै अन्य नेताहरुले पनि उम्मेदवारी दर्ता गर्ने क्रम जारी रहेको छ ।

आइतबार राति अध्यक्ष केपी शर्मा ओलीले आफूसहित पदाधिकारी र केन्द्रीय सदस्य गरी ३०१ जनाको केन्द्रीय कमिटी सार्वजनिक गरको थिए । तर त्यसमा भीम रावललगायतको नाम भने समेटिएको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?