युवराज ज्ञवाली र प्रदीप ज्ञवालीद्वारा क्रमशः उपाध्यक्ष र उपमहासचिवमा उम्मेदवारी दर्ता

लोकपथ
2.3k
Shares

काठमाडौं । नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनका लागि उपाध्यक्षमा युवराज ज्ञवाली र उपमहासचिवमा प्रदीप ज्ञवालीले उम्मेदवारी दर्ता गराएका छन् ।

अध्यक्ष केपी शर्मा ओलीले आइतबार राती सार्वजनिक गरेको पद अनुसार दुवै नेताहरुले उम्मेदवारी दर्ता गराएका हुन् ।

त्यसैगरी अध्यक्षमा केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन् । यता ओलीसँग प्रतिष्पर्धाका लागि भीम रावलले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् । भने उपाध्यक्षमा घनश्याम भुसाल र भीम आचार्यलदे सचिवमा उम्मेदवारी दर्ता गराएका छन् । साथै अन्य नेताहरुले उम्मेदवारी दर्ता गर्ने क्रम जारी रहेको छ ।

एमालेको १०औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत चितवनको सौराहामा चुनावी सरगर्मी बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?