एमाले महाधिवेशन : कुन पदको उम्मेदवारीको शुल्क कति ? सूचीसहित)

लोकपथ
2k
Shares

काठमाडौं । नेकपा एमालेको निर्वाचनमा उम्म्दवारी दर्ता गराउनका लागि निर्वाचन अयाोगले शुल्क तयार गरेको छ।

जसमा अध्यक्षमा १५ हजार, पदाधिकारीमा १० हजार, केन्द्रीय सदस्यमा ५ हजार, आयोग अध्यक्षमा १० हजार, पदाधिकारी तथा सदस्यमा ५ हजार शुल्क तोकिएको छ ।

यस्तै उम्म्दवारी दरखास्त फारमको छुट्टै रकम तिर्नुपर्नेछ । फारम दस्तुर बराबर १०० रुपैयाँ तोकिएको छ । उम्म्दवारी दर्ता सम्बन्धी व्यवस्थामा उम्म्दवार फारम दर्ता उम्म्दवार स्वयम् उपस्थित हुनुपर्ने व्यवस्था पनि गरिएको छ। विशेष कारण उपस्थिति हुन नसकेमा आयोगले तोेकेबमोजिमको वारेशनामामार्फत दर्ता गर्न सकिनेछ ।

हालसम्म एमाले अध्यक्ष केपी शर्मा ओली र भीम रावलले उम्मेदवारी दर्ता गराएका छन् । भने घनश्याम भुसालले उपाध्यक्ष र भीम आचार्यले सचिवमा उम्मेदवारी दर्ता गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?