ओलीले दर्ता गराए अध्यक्ष पदमा उम्मेदवारी

लोकपथ
1.1k
Shares

काठमाडौं । नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनका लागि अध्यक्षमा केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन् ।

चितवनमा जारी राष्ट्रिय महाधिवेनका लागि सर्वसम्मत नेतृत्व चयन गर्न सहमति नजुटेपछि निर्वाचनमार्फत नेतृत्व चयन गर्ने प्रक्रिया तय भएको थियो । सोपश्चात् ओलीले अध्यक्षमा उम्मेदवारी दर्ता गरेका र अध्यक्षमण्डलका तर्फबाट आफूसहित १९ जना पदाधिकारीको सूची यथावत राखिएको छ ।

ओलीको उम्मेदवारीमा विष्णु पौडेल प्रस्तावक र शंकर पोखरेल समर्थक रहेका छन् ।

त्यस्तै उता उपाध्यक्ष भीम रावलले एमाले अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गरेका गरिसकेका छन्।

आइतबार राति ओलीले सार्वजनिक गरेको ३०१ जनाको केन्द्रीय कमिटीमा नसमेटिएका अन्य नेताहरुले समेत उम्मेदवारी घोषणा गरेका छन् । उपाध्यक्ष पदका लागि घनश्याम भुसाल र सचिव पदका लागि भीम आचार्यले उम्मेदवारी दर्ता गराएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?