एमाले महाधिवेशन : अध्यक्ष ओलीद्वारा मध्यरातमा आफूसहित १९ पदाधिकारीको नाम प्रस्तुत

लोकपथ
351
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बन्दसत्र हलमा पदाधिकारीको नाम प्रस्तुत गरेका छन् । उनले ‘सहमतिका लागि’ सोमबार मध्यरातमा आफूसहित १९ जना पदाधिकारीको नाम बन्दसत्र हलमा प्रस्तुत गरेका हुन्।

ओलीले आफूलाई अध्यक्षका रुपमा घोषणा गरेका छन् । त्यसैगरी, बरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेलको नाम प्रस्ताव गरेका छन् । बाँकी ६ जना उपाध्यक्षमा सुवासचन्द्र नेम्वाङ, युवराज ज्ञवाली, अष्टलक्षी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा बादल र विष्णु पौडेल छन्।

त्यस्तै, महासचिवमा शंकर पोखरेल, तीन उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमालको नाम प्रस्ताव गरेका छन् ।

अध्यक्ष ओलीले ७ जना सचिवमा ओलीले टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ट र पदमा अर्यालको नाम प्रस्ताव गरेका छन् ।

सहमतिका लागि नामहरु प्रस्तुत गरिएको भने पनि भीम रावल र घनश्याम भुसाल भने ओलीको टिममा अटाएनन् । ३०१ केन्द्रीय कमिटीको नाम प्रस्ताव गर्दा भने ओलीले भीम रावल र घनश्याम भुसाललाई पनि त्यसमा राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?