अध्यक्ष मण्डलको बैठक सकियो : ओली बन्दसत्रको हलमा, रावल उम्मेदवारी दर्ता गराउँदै

लोकपथ
1.9k
Shares

काठमाडौं । नेकपा एमालेको अध्यक्ष मण्डलको बैठक सकिएको छ । बैठकलगत्तै अध्यक्ष ओली बन्दसत्रको हलमा प्रवेश गरेका छन भने उपाध्यक्ष भीम रावल उम्मेदवारी दर्ता गराएका छन् ।

No description available.

यद्यपी सञ्चारकर्मीहरुलाई भने भित्र छिर्न रोक लगाइएको छ ।

यता केन्द्रीय निर्वाचन आयोगले नेकपा एमालेको दसौँ राष्ट्रिय महाधिवेशनका लागि निर्वाचनको कार्यक्रमको सूचना प्रकाशित गरेको छ ।

No description available.

महाधिवेशनबाट निर्वाचित हुने पार्टी केन्द्रीय कमिटी, केन्द्रीय अनुशासन आयोग र केन्द्रीय लेखा आयोगका पदाधिकारी र सदस्यहरूको निर्वाचन प्रयोजनका लागि पार्टी विधानको अधीनमा रही केन्द्रीय निर्वाचन आयोगको निर्णयअनुसार निर्वाचन कार्यक्रम प्रकाशित गरिएको सूचनामा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?