एमालेको निर्वाचन कार्यक्रमको सूचना प्रकाशित, भोलि मतदान

लोकपथ
6.7k
Shares

काठमाडौं । केन्द्रीय निर्वाचन आयोगले नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनका लागि निर्वाचनको कार्यक्रमको सूचना प्रकाशित गरेको छ । अध्यक्ष मण्डलले गरेको निर्णयअनुसार निर्वाचन कार्यक्रम सार्वजनिक गरिएको प्रमुख डा. विजय सुब्बाले जानकारी दिए ।

आइतबार दिनभर सहमतिमै नेतृत्व चयनको प्रयास गरिएपनि उक्त प्रयास अन्तत निर्वाचन हुनेमा पुगेको छ । निर्वाचन कार्यक्रमअनुसार भोलि बिहान ९ बजेदेखि ४ बजेसम्म मतदान हुनेछ ।

No description available.

कार्यतालिकाअनुसार राति ११ बजे केन्द्रीय निर्वाचन समितिले मतदाता नामावली प्रकाशित गरेको छ भने उक्त नामावलीमा दाबी विरोधका लागि १५ मिनेटको समय राखिएको छ ।

राति ११ः३० मा अन्तिम मतदाता नामावली प्रकाशन गर्ने, राति ११ः३० देखि १२ः२० सम्म उम्मेदवारको दरखास्त फारम वितरण गर्ने, राति १२ः३० सम्म उम्मेदवारको दरखास्त फारम दर्ता गर्ने र १ बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गर्ने कार्यतालिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?