नेपाली कांग्रेस झापाको सभापतिमा देउकुमार थेवे निर्वाचित

लोकपथ
78
Shares

काठमाडौं । नेपाली कांग्रेस झापाको सभापति पदमा देउकुमार थेवे निर्वाचित भएका छन् । थेवेले एक हजार ७६५ मत प्राप्त गर्दै आफ्ना प्रतिूपर्धी राम कट्टेललाई पराजित गरे । कट्टेलले एक हजार ५१५ मत प्राप्त गरे।

थेवे र कट्टेल छुट्टाछुट्टै प्यानल बनाएर चुनावी मैदानमा होमिएका थिए । निर्वाचनको पछिल्लो मत परिणामअनुसार थेवे नेतृत्वको टिमले नै जित हासिल गरेको हो । मत परिणामअनुसार उपसभापतिमा थेवे प्यानलका शेरबहादुर भट्टराई एक हजार ६७४ र केशवराज पाण्डे एक हजार ८८९ मत पाएर निर्वाचित भए।

कट्टेल प्यानलबाट उम्मेद्वार बन्नुभएका प्रेम सम्वाहाम्फे लिम्बूले एक हजार ४७५ र शम्सेर गिरी ‘केदार’ ले एक हजार २२१ मत प्राप्त गरे । सचिवमा नविन विमली एक हजार ८३८ र कृष्ण हुँमागाईले एक हजार ६७६ मत प्राप्त गर्दै निर्वाचित भए । कट्टेल प्यानलबाट सचिव पदको उम्मेद्वार बनेका टुमलाल राजवंशीले एक हजार ३२१ र विश्वदीप लिङ्देनले एक हजार ४३१ मत प्राप्त गरे ।

सहसचिवमा कमल भण्डारीले एक हजार ७६० र कालेन्द्र राजवंशीले एक हजार ७६५ मत प्राप्त गरे । उनीहरुका निकटतम प्रतिस्पर्धी उमाराम प्रसाईंले एक हजार ३३७ मत र पदम लिम्बूले एक हजार ३४७ मत प्राप्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?